फिफा अवार्डको मनोनयन सार्वजनिक

ज्युरिच । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले हरेक वर्ष प्रदान गर्दै आएको दी बेस्ट फिफा अवार्डको मनोनयन सार्वजनिक भएको छ । डिसेम्बर १७ तारिखमा आयोजना हुने अवार्ड प्रतियोगिताका लागि पुरुष र महिला उत्कृष्ट खेलाडीसहित विभिन्न ७ विधाको मनोनयन सार्वजनिक भएको छ । बेस्ट अवार्ड अन्तर्गत महिला र पुरुष उत्कृष्ट खेलाडीसहित महिला र पुरुष उत्कृष्ट प्रशिक्षक, महिला र पुरुष उत्कृष्ट गोलकिपर र उत्कृष्ट गोलकर्ताले पाउने पुरस्कार अवार्डको मनोनयन सार्वजनिक भएको हो ।

फिफाले महिला र पुरुष उत्कृष्ट खेलाडीको लागि ११–११ खेलाडीको नाम सार्वजनिक गरेको छ । पुरुषतर्फ लिओनल मेसी, क्रिस्टियानो रोनाल्डो, रोवर्ट लेवान्डोस्की, केभिन डे ब्रुएना, किलिएन एमबाप्पे, नेमार, सर्जियो रामोस, भर्जिल भान डाइक, साडियो माने, मोहम्मद सालाह, थियागो अलकान्टारा रहेका छन् ।

प्रतिक्रिया