वृज सिमेन्टद्धारा ‘एक्सपर्ट मेशनक्लब’ का सदस्यलाई उपहार वितरण

काठमाडौं । वृज सिमेन्ट प्रालिले २०७६ सालमा स्थापना एक्सपर्ट मेशन क्लब अन्र्तगत रहीकार्य गर्ने २००निर्माणकर्मीहरुलाई उपहार प्रदान गरेको छ । जस अन्र्तगत विभिन्न क्षेत्रका निर्माणकर्मीहरु लाई ३२ इन्च टिभी , मोवाइल, भाइब्रेटर, भ्याकुमक्लिनर र सेफटी टुल्स किट उपहार वितरण गरिएको वृज सिमेन्ट इण्डष्ट्रीज प्रालिका सेल्स म्यानेजर निरज सिंहले जानकारी दिए । वृज सिमेन्ट इण्डष्ट्रीज प्रालि ले निर्माण क्षेत्रमा कार्यरत कामदारहरुको हौसला र सुरक्षाको लागि विगत बर्षदेखि यो योजना कार्यान्वयनमा ल्याएको हो ।

यस एक्सपर्ट मिशनक्लबले नेपाल भर रहेका निर्माण कर्मीहरुलाई एकताबद्ध गराई उनीहरुको हौसला र सुरक्षाको लागिकार्य गर्दछ । वृज सिमेन्टले यसमा हातेमालो गर्दै आइरहेको छ, यसलाई निरन्तर रुपमा अगाडि लैजाने योजना रहेको कम्पनीले जनाएको छ । बिभिन्न क्षेत्रका देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम सम्पन्न गरेको छ । यो एक्सपर्ट मिट कार्यक्रममा निर्माणकर्मीहरु लाई ‘एक्सपर्ट मेशनक्लब’ मा आवद्धगरेर उनीहरुको निःशुल्क रुपमा पाँचलाख बराबरको दुर्घटना बिमा सुविधा पनि उपल्ब्ध गराएको छ ।

यस कार्यबाट कम्पनीले आफनो सामाजिक उत्रदायित्वको भुमिका निर्वाह गरेको छ । उक्त कार्यक्रमलाई अझैं फलदायिक बनाउनको लागि कम्पनीले ‘एक्सपर्ट मेशनक्लब’ मा आवद्ध निर्माणकर्मी साथीहरुलाई उपहार सहित पासबुक बितरण गरेको छ । यस योजना अन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका कुनै पनि उत्पादनहरु खरीद गरी योजनामा सहभागी हुन सक्ने जनाएकोे छ ।

कम्पनीले शुरुवात गरको एक्सपर्ट मेसन क्लब योजनाको औपचारिक रुपमा नेपालका विभिन्न स्थानहरुः काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आबुखैरेनी, लमजुङ, पोखरा, दमौलीवालिङ, नारायणघाट, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर,शीतलनगर,बुटवल, स्याङ्जामा कार्यक्रम गरिएको थियो । अहिलेसम्म कम्पनीले २५०० बढी निर्माणकर्मी साथिहरुलाई ‘एक्सपर्ट मेशन क्लब’ माआवद्ध गरिसकेको छ । कम्पनीले बढी भन्दा बढी निर्माणकर्मी साथिहरुलाई यस क्लबमा आवद्ध गराई, भैपरी आउने दुर्घटना बाट उनीहरुको सुरक्षित महशुश गराउने कम्पनीको उदेश्य रहेको छ । बर्षौदेखि आफनो ग्राहकहरुबाट पाएको माया र विश्वास जित्न सफलभएको कारण आफनाउत्पादनलाई ग्राहकहरुको वीचमाविश्वासका साथगुणस्तर र मजबुतीलाई अझदरिलो विश्वसनीय सम्बन्धनिर्माण गर्नको लागिनयाँ ढंगवाट एक्स्पर्ट च्वाइस सहितबजार प्रर्वधन शुरु गरिएको हो ।

प्रतिक्रिया