बैतडीमा जीप दुर्घटना, पाँचजनाको मृत्यु

काठमाडौं । आज दिउँसो करिब २ बजे बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । झुलाघाटबाट गोठलापानीतर्फ गइरहेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका–१० बुढ्ढा नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । सो जीपमा चालकसहित १२ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागि जिल्ला अस्पताल बैतडी लगिएको छ ।

मृत्यु हुनेहरुमा जिल्लाको सुर्नया गाउँपालिका– ४ निवासी ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका–४ निवासी ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका– ५ बाँस्कोटा ७० वर्षीया पार्वतीदेवी चन्द, त्यही ठाउँकी ७२ वर्षीया पार्वती देवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावड रहेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो दुर्घटनामा अन्य ४ जना घाइते भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया