सिटिजन लाइफद्धारा मुत्यु दावी भुक्तानी

काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्स सुर्यविनायक शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । रक्त क्यान्सरका कारण मृत्यु भएका बिमित लक्ष्मी भक्त वाङग्योको परिवारलाई एघार लाख तीस हजारको चेक सो इन्स्योरेन्स्ले चेक दिएको हो । उनले दश लाखको जिवन बिमा लिएका थिए ।

कार्यक्रममा कम्पनीका मध्य तथा मध्य पश्चिमाञ्चल प्रमुख व्यापार अधिकृत सुनील पोखरेलले मृतकको श्रीमति तथा परिवारलाइ चेक हस्तान्तरण गरेका हुन । उनले बीमाको महत्वबारे पनि प्रकाश पारे । साथै कम्पनीका एबिएम लोकमाया अधिकारीले बिमाको रकम कसरी पाइन्छ भनेर थप जानकारी दिएकी थिइन ।  कार्यक्रममा संचालिका सुर्यविनायक शाखा प्रमुुख प्रमिला प्रजापती, बिडिसी राकेश श्रेष्ठ, एजेन्सी मेनेजर बिष्णु केशरी हेङग्वजु, रचना लाखेमरु, रेबिका वाङग्यो, सुमित्रा मानन्धर तथा विभिन्न समाजसेवीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया