मुस्ताङ्को घरपझोङमा ग्लोवल आइएमई बैक

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङको घरपझोङ गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २ सय ६४ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिग सेवाको पहुँच पु¥याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिग सेवा मार्फत आफ्ना ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले ७३ वटा जिल्लामा फैलिएको २ सय ६४ शाखा सञ्जाल सहित २ सय ३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया