तीन जिल्लाका सिडिओ फेरिए, काठमाडौंंको जिम्मेवारी काली पराजुलीलाई

काठमाडौं । काठमाडौंं जिल्ला प्रशासन कार्यालयको प्रमुखको जिम्मेवारी काली पराजुलीलाई दिइएको छ। गृह मन्त्रालयले आइतबार निर्णय गर्दै पराजुलीलाई जिम्मेवारी दिएको हो।

उनी दुई महिनाअघि मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालयमा सरुवा भएका थिए। काठमाडौंका हालका प्रमुख जनकराज दाहालको कार्यकाल एक वर्ष नाघेकाले गृहले उनको सरुवा गरेको हो । गृहमन्त्रालयले काठमाडौंसहित तीन जिल्लाको सिडिओ फेरेको छ।

भक्तपुरमा प्रेम भट्टराई र धनुषामा बधु बास्तोलालाई पठाइएको छ। भट्टराई यसअघि धनुषाको सीडिओ थिए। बास्तोला हाल गृह मन्त्रालयमा कार्यरत थिए।

प्रतिक्रिया