देशभर आज थपिए १ हजार ६६९ जना संक्रमित, निको हुने ५ हजार ६९९

काठमाडौं । आइतबार देशभर १ हजार ६६९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज १ हजार ६६९ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

योसँगै देशैभर कुल कोरोना संक्रमित संख्या २ लाख २० हजार ३०८ जना पुगेको छ । पछिल्लो पटक आइतबार १ हजार ६६९ जना संक्रमित थपिएका हुन् । यसैगरी १ लाख ९९ हजार २४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार ६९९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही संक्रमित मध्येबाट १ हजार ३२१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको हो ।

प्रतिक्रिया