गुल्मीको रेसुङ्गा नगरपालिकामा ९ दिन लकडाउनको घोषणा

काठमाडौं । कोरोना भाइरस फैलिँदै गएको भन्दै गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा ९ दिनसम्म लकडाउनको घोषणा गरिएको छ । उक्त नगरपालिकाका मेयर डिल्लीराज भुसालले सार्वजनिक एक् सूचनामा आज राती १२ बजेबाट मंसिर १३ गते राती १२ बजेसम्मका लागि लकडाउन जारी रहने बताइएको छ ।

जारी लकडाउनको समयमा एम्बुलेन्स, दमकल, स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, ईन्धन, सरसफाई, स्वास्थ्य सेवा तथा औषधि पसलहरु सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ । साथै, नगरपालिका कार्यालय र वडा कार्यालयमा अत्यावश्यक बाहेक अन्य सेवाहरु पूर्णरुपमा बन्द हुने बताइएको छ ।

लकडाउनको समयमा सम्पूर्ण शौक्षिक संस्थाहरु बन्द रहने तथा रेडियो टेलिभिजनबाट प्रशारण हुने श्रव्यदृष्य, श्रव्यपाठ प्रशारण तालिकाअनुसार निरन्तर सिकाईमा सहभागी हुन जानकारी गराउने सूचनामा उल्लेख छ ।

कक्षा १२ को वार्षिक परिक्षा मंसिर ९ गतेबाटै निर्देशित कार्यविधि, मापदण्ड पुरा गरि सुचारु गर्ने समेत जनाइएको छ । तरकारी फलफूल दुध तथा दुग्धजन्य पदार्थको बिक्री वितरण बिहान ९ बजेसम्म र साँझ पाँच बजेदेखि ६ः३० सम्म सञ्चालन गर्ने जानकारी समेत बताइएको छ । अन्य पसलहरु स्वास्थ्य सुरक्षा मापदण्ड पुरागरि बिहान सात बजेदखि दुई घण्टामात्र सञ्चालन गर्ने जनाइएको छ ।

प्रतिक्रिया