पछिल्लो २४ घण्टामा २१०३ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८५८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ।

 पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२७६ पुगेको छ। यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन्।

प्रतिक्रिया