२४ घण्टामा २ हजार ८१७ कोरोना संक्रमित थपिए, २८१२ निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ८१७ जना कोरोना भाइरसको संक्रमित थपिएका छन्। आइतबार स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार ८१७ जनामा कोरोना पुष्टि भएको छ।

सक्रिय संक्रमितको सख्या देशभरमा ३५ हजार ४१९ रहेको छ। पछिल्लो २४ घण्टामा थप १२ हजार ३११ परीक्षण भएसँगै अहिलेसम्मको परीक्षणको संख्या १५ लाख ४० हजार ७७ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २ हजार ८१२ कोरोना संक्रमित निको भएसँगै निको हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ। यो कुल संक्रमितका ८१.१ प्रतिशत हो।

प्रतिक्रिया