आईसीटी अवार्डमा भोटिङ सुरु

काठमाडौं । आईसीटी अवार्ड २०२० का लागि पब्लिक भोटिङ सुरु भएको छ । आईसीटी अवार्डअन्तर्गतका विभिन्न चार विधामा छनोट भएका उत्कृष्ट पाँचका लागि पब्लिक भोटिङ सञ्चालन गरिएको आयोजकले जनाएको छ । नाभेम्बर ३० तारिखसम्म सञ्चालन हुने पब्लिक भोटिङमा ई–सेवा, एसएमएस र इमेलमार्फत विश्वभरिबाट भोट गर्न सकिनेछ ।

गत ६ कात्तिकमा भर्चुअल कार्यक्रममार्फत जुरी र जुरी सल्लाहकारको उपस्थितिमा आयोजकले विभिन्न चार विधाका उत्कृष्ट पाँच घोषणा गरेका थिए । १४ जनाको जुरी समितिले तेस्रो चरणको छनोट प्रक्रियाबाट स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आईसीटी अवार्ड र राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड २०२० विधामा उत्कृष्ट ५ को छनोट गरिएको हो ।

उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप आईसीटी अवार्ड २०२० अन्तर्गत स्टार्टअप कम्पनीमा बिजहब आईटी सर्भिसेस प्रालि, क्रिप्टोजेन नेपाल प्रालि, जेनियस सिस्टम प्रालि, जीबी हेल्थ प्रालि र नेपमेड्स प्रालि रहेका छन् । यसैगरी, प्रडक्ट आईसीटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट पाँचमा पर्न सफल प्रडक्टमा सीपीएसडीएस, प्mयुजक्लासरुम, जेनियस आईपीटीभी, जिवी र न्यानो नानी रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया