चलचित्र बनाउँदै केकी

काठमाडौं । अभिनेत्री केकी अधिकारीले नयाँ चलचित्र निर्माणको तयारीमा जुटेकी छन् । यसअघि चलचित्र ‘कोहलपुर एक्सप्रेस’ बनाइसकेकी उनले चलचित्रको लागि वर्कसपको काम चलिरहेको जनाएकी छन् । उनका अनुसार चलचित्रको पूर्वतयारीको काम चलिरहेको छ ।

अभिनेत्री केकीले चलचित्रमा काम गर्ने कलाकारको विषयमा भने केही निर्णय नभएको सुनाइन् । यसपटक चलचित्रको निर्देशन ‘कोहलपुर एक्सप्रेस’ का निर्देशक विशाल भण्डारीले नगर्ने उनले बताइन् । केकीले नयाँ चलचित्र सामाजिक कथामा केन्द्रित रहने बताउँदै भनिन्, ‘मैले पहिलो चलचित्र कमेडी कथामा बनाएकी थिएँ ।

अहिले सामाजिक कथामा चलचित्र बनाउने तयारीमा जुटेका छौं ।’ उनले चलचित्रको पूर्वतयारीका लागि केही समय लिनुपर्ने भएकाले एक महिनादेखि वर्कसप सुरु भएको जानकारी दिइन् । उनले भनिन्, ‘वर्कसप अझै दुई महिना चल्छ ।’ उनले फागुनबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रको सम्पूर्ण टिमको जानकारी केही समयपछि दिने बताइन् ।

प्रतिक्रिया