पूर्वसभामुख महराकी जीवन सङ्गिनीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको बताएका छन् ।

आज ट्वीट गर्दै प्रधानमन्त्रीले दिवङ्गत सीताप्रति श्रद्धाञ्जलि अर्पणका साथ प्रतिनिधिसभाका सदस्य महरासहित शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया