तीन दिने भ्रमणको लागि नेपाल आइपुगे भारतीय सेनाध्यक्ष नरवणे

काठमाडौं । तीन दिने नेपाल भ्रमणको लागि भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आज काठमाडौं आइपुगेका छन् । उनि भारतीय सैनिकको विशेष विमानमार्फत उनी त्रिभुवन विमास्थलमा अवतरण गरेका हुन ।

भारतीय सेनाध्यक्ष नरवणे नेपाली सेनाको स्कर्टिङमा सोल्टी होटलमा प्रस्थान गरेका छन् । उनि नेपाली प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा ३ दिने नेपाल भ्रमणमा आएका हुन् । नेपाल भ्रमणको अवधिमा नरवणेले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

बिहीबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी प्रदान गर्ने कार्यक्रम रहेको छ । उनको यस भ्रमणका क्रममा नेपाल–भारतबीच उत्पन्न भएको सीमा विवादबारे पनि छलफल हुनेछ ।

प्रतिक्रिया