काठमाडौं । मंगलबार देशभर थप ५७० सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको परिक्षण उक्त सँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ६० हजार ४०० पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ४० हजार ६८१ छ। यससँगै संक्रमित मुक्त हुनेहरूको कुल संख्या एक लाख १८ हजार ८४३ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार आज देशभर ३१ सय ६८ जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यस्तै, पछिल्लो २४ घण्टामा थप १४ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ८७६ पुगेको छ।
मन्त्रालयका अनुसार २४ घण्टाभित्र देशभरका ल्याबमा जम्मा २७ सय २५ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १४ लाख ६९४ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले तथ्यांकमा जनाएको छ।
प्रतिक्रिया