खोजखबर

ब्रुनाईका राजकुमारको निधन

एजेन्सी २०७७ कार्तिक ९ गते ७:३१ मा प्रकाशित

काठमाडौं । ब्रुनाईका राजकुमार हाजी अब्दुल अजिमको ३८ वर्षको उमेरमा निधन भएको छ।

सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मिएका अजिम ब्रुनाईका सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो छोरा हुन्।

राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनाईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने सुल्तानको कार्यालयले जनाएको छ।

राजकुमार अजिमको मृत्युको कारणबारे भने दरबारबाट कुनै सूचना सार्वजनिक भएको छैन।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय