देशभर आज थपिए ३ हजार ७९० जना संक्रमित, निको हुने २ हजार ३३५

काठमाडौं । सोमबार देशभर ३ हजार ७९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ३ हजार ७९० जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै देशैभर कुल कोरोना संक्रमित संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ । पछिल्लो पटक सोमबार हजार जना संक्रमित थपिएका हुन् । यसैगरी ९४ हजार ५०१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ३३५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यसैगरी काठमाडौं उपत्यकामा पनि २ हजार ३८८ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा २ हजार ८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ गरि जम्मा २ हजार ३८८ जना संक्रमित थपिएका हुन् । यही संक्रमित मध्येबाट ७५७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको हो ।

प्रतिक्रिया