देशभर आज थपिए २ हजार ९४२ जना संक्रमित, निको २ हुने हजार ३२६

काठमाडौं । आइतबार देशभर २ हजार ९४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज २ हजार ९४२ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै देशैभर कुल कोरोना संक्रमित संख्या १ लाख ३२ हजार २४६ जना पुगेको छ । पछिल्लो पटक आइतबार २ हजार ९४२ जना संक्रमित थपिएका हुन् । यसैगरी ९२ हजार १६६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ३२६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यसैगरी काठमाडौं उपत्यकामा पनि १ हजार ६९८ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार ४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० गरि जम्मा १ हजार ६९८ जना संक्रमित थपिएका हुन् । यही संक्रमित मध्येबाट ७३९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको हो ।

प्रतिक्रिया