आस्थाको ‘यानी माया’ सार्वजनिक

काठमाडौं । गायिका आस्था राउतको आवाज रहेको ‘यानी माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतमा महाराज थापाले एरेन्ज गरेका छन् । एन्जिमा लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा कविता नेपाली, गौरभ विष्ट, श्रीमाला तामाङ र निमा श्रेष्ठको अभिनय छ ।

लोकगायक हरिबहादुर राउत र म्युजिक नेपालको संयुक्त लगानीमा तयार पारिएको ‘यानी माया’ को भिडियो निर्देशन, छायांकन र सम्पादन हिमालयन इन्फ्रा टिमले गरेको छ । यो गीतले युवा पुस्ताको मन जित्ने आफूले विश्वास लिएको गायिका आस्थाले बताइन् ।

प्रतिक्रिया