ग्यालेक्सी जेट फोल्डको बिक्री सुरु

काठमाडौं । सामसुङले ग्यालेक्सी जेट फोल्ड–२ स्मार्टफोनको नेपाली बजारमा बिक्री सुरु गरेको छ । जेट फोल्ड–२, थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट उपलब्ध गराइएको हो । ठूलो कभर स्क्रिन, ठूलो स्क्रिन, ग्यालेक्सी जेट फोल्ड–२ विशेष डिजाइन र कलात्मक नयाँ फिचरले भरिपूर्ण छ । यस्ले युनिक मोबाइल अनुभव दिन्छ । यो स्मार्टफोन दैनिक जीवनको आवश्यकतालाई मध्यनजर गरी तयार गरिएको कम्पनीले जनाएको छ ।

सोलिड डिजाइन तथा एक्सपर्ट क्राफ्टम्यानसिप सजिएको ग्यालेक्सी जेट फोल्ड–२ विशेष तथा परिष्कृत डिजाइनले री–इन्जिनियरिङ गरिएको छ । जसले स्मुथ र हाइ एन्ड अनुभव दिने विज्ञप्तिमा उल्लेख छ । ग्यालेक्सी जेट फोल्ड–२, उत्कृष्ट र अर्थपूर्ण इनोभेसनले सजिएको छ । जसले नयाँ फोल्डेबल अनुभव दिन्छ । यसमा भएको डुअल प्रिभ्यु एवं अडियो क्याप्चर सुविधाको साथ अभूतपूर्व क्यामराले जीवनका हरेक पललाई उत्कृष्टताको साथ कैद गर्ने पनि कम्पनीले जनाएको छ । ग्यालेक्सी जेट फोल्ड–२ को मूल्य २ लाख ५० हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया