लोक दोहोरीमा राजेशको ठुम्का

काठमाडौं । गायक प्रकाश पराजुली र देवी घर्ती मगरको स्वर रहेको लोक दोहोरी गीत ‘मञ्जरी’ मा अभिनेता राजेश हमालले नृत्य गरेका छन् । लोक गायक प्रकाश सपुत र अभिनेत्री वर्षा सिवाकोटीसँगै उनले गीतमा नृत्य गरेका छन् ।

गीतमा भिडियोमा निर्देशक देवेन्द्र बब्लुले हमाललाई महानायककै रुपमा प्रस्तुत गरेका छन् । नवराज पन्तले लेखेको उक्त गीतमा गायक पराजुलीकै संगीत रहेको छ । मौसम हिमालीको कोरियाग्राफी रहेको भिडियोको सिनेमाटोग्राफी करण चैसिको रहेको छ ।

प्रतिक्रिया