सत्तामा पुगेपछि किन गुम्छ विवेक ?

अञ्जु कार्की

प्रधानमन्त्री ओलीलाई यतिबेला सत्ताले विवेकहीन बनाएको छ । त्यसो त यसअघिका प्रधानमन्त्री देउवाले पनि विवेक गुमाएकै थिए । आफ्नो अनुकूल फैसला नगरेकै निहुँमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने कालो इतिहास रच्न त्यो छोटो सत्ता अवधिमा पनि देउवा पछि परेनन् । संसद् रहेसम्म आफ्नो पद धरापमा पर्ने ठन्दै देउवाले प्रतिनिधिसभा नै विघटन गरिदिए । प्रतिनिधिसभामको अर्को निर्वाचन गराएनन् । यो सबै सत्ता र शक्तिको उपज थियो ।

सत्ताको दुरुपयोग गरेको अभियोगमा देवताहरूले स्वर्गका राजा इन्द्रलाई गद्दीच्युत गरे । उनको ठाउँमा मत्र्यलोकका राजा नहुषलाई स्थापित गरियो । राजा नहुषले एकैचोटी स्वर्गलोक र मत्र्यलोकको शासन गर्ने अवसर पाए । धेरै ठूलो अवसर थियो यो । त्यसैले दसैँको टीका लगाउँदा आशीर्वाद दिँदै भनिन्छ, ‘ऐश्वर्यम् नहुषे, गतिश्च पवने…।’ अर्थात् नहुषको जस्तै ऐश्वर्य होस्, पवनको जस्तै गति होस् । तर, नहुष राजाले पनि अधिकारको चरम दुरुपयोग गरे । जुन राजा आउँदा पनि अधिकार दुरुपयोग गर्ने प्रवृत्ति सुरु भएपछि ऋषि परशुरामले गणतन्त्रको अवधारणा ल्याए । उनले हतियार उठाएर राजाहरू उन्मूलन गर्न थाले । तर, पुराणमा परशुराम ऋषिले क्षत्रीहरू उन्मूलन गरेको उल्लेख छ । क्षेत्रको अधिपति भएका नाताले राजालाई क्षत्री भनिएको हो । परशुराम ऋषिले अत्याचारी राजतन्त्र मासेका हुन् क्षत्री मासेका होइनन् । उनले सबै राजाहरूलाई पनि मासेनन् । श्रीराम जस्ता विवेकशील राजालाई उनले सम्मान गरेका थिए ।

सत्ता र शक्तिले मान्छेलाई विवेकशून्य बनाउँछ भन्ने कुरा थाहा पाएर नै राजनीतिशास्त्रीहरूले प्रजातन्त्रलाई सर्वोत्तम शासन व्यवस्था मानेका हुन् । किनकि प्रजातन्त्रमा कसैलाई स्थायी सत्ता प्राप्त हुँदैन । हरेक पाँच/पाँच वर्षको अन्तरालमा जनताबाट अनुमोदित हुनैपर्ने व्यवस्था कायम गराइदियो भने सत्तामा पुगेको नेता विवेकशून्य हुँदैन कि ? भन्ने मान्यता प्रजातन्त्रको हो । तर, कतिपय प्रजातान्त्रिक मुलुकका नेताहरूले आफ्नो सत्ता अस्थायी हो भन्ने भेउसमेत नपाएको देखिएको छ । त्यसको उदाहरण हेर्न टाढा जानुपर्दैन । हाम्रै मुलुकमा यस्ता कैयौँ नजीरहरू छन् ।

यतिबेला प्रधानमन्त्री केपी ओलीको उदाहरण धेरैले दिने गर्छन् । रे को कुरा हो, सत्य नहुन पनि सक्छ । प्रदीप नेपाललाई भारतका लागि राजदूत हुन मन लागेछ रे ! उनले प्रधानमन्त्री ओलीसँग भेट मागेछन् रे, तर पाएनछन् । त्यसपछि आफ्ना निकटस्थमार्फत विष्णु रिमाललाई खबर पठाएछन्, ‘म बिरामी पनि छु, उपचारका लागि दिल्ली गइरहनुपर्छ । दिल्ली आवतजावत गर्न आर्थिक अवस्थाले धानेन, कम्तीमा भारतका लागि राजदूत बन्ने अवसर पाएँ भने काम पनि गर्छु स्वास्थ्य उपचार पनि सहज हुन्छ ।’ विष्णु रिमालले यो कुरा प्रधानमन्त्री ओलीलाई सुनाएछन् । ओलीले बडो प्रसन्न मुद्रामा धेरैका सामु भनेछन्, ‘सकिनसकी किन दुःख गर्नुप¥यो ? एक से एक काम गर्ने साथीहरू पार्टीमा छँदै छन्, घरमै झुमा (प्रदीप नेपालकी श्रीमती) लाई पानी तताउन लगाएर खानुस्, आराम गरेर बस्नोस् भनिदिनु ।’ पार्टीभित्र आफूसरह योगदान पु¥याएका, आफ्ना बालसखा प्रदीप नेपाललाई संकटको क्षणमा यस्तो दुव्र्यवहार गर्ने रसायन प्रधानमन्त्री ओलीको दिमागमा कसरी भरियो होला त ? भन्ने प्रश्नको उत्तर पनि कम मार्मिक छैन ।

१२ वर्षअघिको घटना हो रे ! त्यतिबेला ओली मिर्गौला प्रत्यारोपण गरेर करिब ६ महिना घरमा आराम गरी पहिलोपटक पार्टीको बैठकमा भाग लिन बल्खु पुगेका थिए रे ! पार्टी कार्यलयको प्रांगणमै घाम तापेर गफिँदै बसेका प्रदीप नेपालसँग ओलीको जम्काघेट भयो रे ! देख्नेबित्तिकै प्रदीप नेपालले भने रे ! ‘कठै कठै, आज हो कि भोलि हो जस्तो छ, किन यतिविधि दुःख ग¥या ? आफूविना पार्टी नै चल्दैन कि जस्तो गरेर, हामी चलाइहाल्छौँ नि पार्टी, राधिका भाउजूलाई पानी तताउन लगाउने, तातोपिरो खाएर बस्ने, आफ्नो स्वास्थ्यको ख्याल गर्नोस् कामरेड ।’
सायद त्यतिबेला प्रदीप नेपाल सत्ता र शक्तिमा थिए । त्यतिबेला ओलीको मुखमा एउटा प्रश्न आउनै लागेको थियो होला– ‘प्रदीप, तेरो यो सत्ता, शक्ति र शारीरिक बल कतिन्जेल पो होला र ?’ अहिले प्रदीप नेपालको मनमनै प्रश्न खेलेको होला– ‘खड्गप्रसाद, तेरो यो सत्ता र शक्ति कतिन्जेल पो होला र ?’ अहिले ओलीले त कम्तीमा पाँच वर्षका लागि जनताबाट म्यान्डेट पाएका छन् । यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाको त बढीमा एक वर्ष भन्ने स्पष्ट नै थियो । त्यसपछि वाम गठबन्धनको बहुमत आउँछ भन्ने पनि स्पष्ट नै थियो, तर उनले आफ्नो सत्ता र शक्ति सधैँ कायमै रहन्छ भने जसरी अघि बढेको पनि देखियो । आफ्नो अनुकूल फैसला नगरेकै निहुँमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने कालो इतिहास रच्न त्यो छोटो सत्ता अवधिमा पनि देउवा पछि परेनन् । संसद् रहेसम्म आफ्नो पद धरापमा पर्ने ठन्दै देउवाले प्रतिनिधिसभा नै विघटन गरिदिए । प्रतिनिधिसभामको अर्को निर्वाचन गराएनन् । यो सबै सत्ता र शक्तिको उपज थियो ।

सत्तामा पुगेपछि विवेक शून्य हुनु नयाँ कुरा होइन । महाभारतमा यसका धेरै प्रसंगहरू उल्ल्ेख छन् । जसमध्ये एउटा प्रसंग, ऋषि परशुरामको आश्रमका विद्यार्थीहरूमध्ये द्रोणाचार्य र पञ्चालका राजकुमार द्रुपद असाध्यै मिल्ने साथी थिए । शक्तिशाली देशका राजकुमार र गरिब ब्रह्माणपुत्रको यो मिलनले धेरैलाई आश्चर्यचकित बनाएको थियो । विद्यामा द्रोणाचार्य धेरै मेधावी थिए । मेधावी भएकैले पञ्चाल राजकुमार द्रुपदले उनलाई साथी बनाएका थिए । करिब १२ वर्षको कठोर साधनापछि विद्या आर्जन गरी द्रुपद आफ्नो दरबार फर्के, द्रोणाचार्य कुटीमा फर्के । द्रुपदले पञ्चाल राज्यको सत्ता सम्हाले भने द्रोणाचार्यले कृपीसँग विवाह गरी गृहस्थ जीवन सुरु गरे । उनीहरूका एक पुत्र जन्मे, अश्वस्थामा ।
खान लगाउनकै धौ धौ भएकाले द्रोणाचार्यकी श्रीमती कृपीको स्तनबाट छोरा अश्वस्थामाको पेटभरिने गरी दूध आउन सकेन । छोरा लुरे र ख्याउटे बन्दै गएपछि द्रोणाचार्य र कृपीलाई ठूलो चिन्ता भयो । एक दिन कृपीले भनिन्– ‘पञ्चालका राजा द्रुपद त तपाईंका बालसखा हुन्, धेरै मिल्नुहुन्थ्यो रे ! उनी यतिबेला जेजति पनि सहयोग गर्ने अवस्थामा छन्, जानुहोस् र एउटा गाई मागेर ल्याउनोस् ।’ दुःख सहेरै बस्ने, तर माग्न नजाने द्रोणाचार्यको स्वभाव थियो, तर पुत्रको ख्याउटे अनुहार सम्झे, आफ्नी श्रीमतीको आग्रह सम्झे । उनी दु्रपद राजाको दरबारतिर लागे । दरबारको द्वारपालसँग भने, ‘तपाईंको साथी द्रोणाचार्य भेट्न आएको छ भन्ने सन्देश लगिदिनु ।’ द्वारपालले सन्देश लगे, तर राजा द्रुपदले चिनेनन् वा चिन्न चाहेनन्, अपमानपूर्वक गलहत्याएर द्रोणाचार्यलाई दरबारको द्वारबाट निकालिदिए ।

महाभारत ग्रन्थमा उल्लिखित एक प्रसंग हो यो । महाभारतका मर्मज्ञहरू भन्छन्– ‘महाभारतमा जे जे उल्लेख छ, यतिबेला पनि समाजमा हुबहु त्यही त्यही लागू छ, महाभारतमा जे उल्लेख छैन त्यो घटना समाजमा हुँदै हुँदैन ।’ औसत दिमाग भएका मान्छेहरूको हातमा जब शक्ति आउँछ, तब उनीहरू मानसम्मान, मोजमस्तीबाहेक जीवनमा आफ्नो अरू पनि जिम्मेवारी हुन्छ भन्ने कुरा चटक्कै बिर्सन्छन् । एकपटक सत्ता आर्जन भइसकेपछि कुनै पनि हालतमा छाड्न चाहँदैनन् । आखिर यस्तो किन हुन्छ ? भन्ने प्रश्नले यतिबेला पनि वैज्ञानिक तथा दार्शनिकहरूको दिमाग हल्लाइरहेको छ । सत्तामा पुगेपछि मान्छेले आफ्नो वास्तविक हैसियत किन बिर्सन्छ ? हिजोका सहयात्रीहरू भन्दा आफूलाई पृथक किन ठान्छ ? भन्ने विषयमा विभिन्न अनुसन्धानहरू भएको पाइन्छ । यी अनुसन्धानमध्ये बेलायतका मनोवैज्ञानिकहरूले गरेको पछिल्लो अध्ययनले केही तथ्यहरू बाहिर ल्याएको छ । उक्त अध्ययनअनुसार मानिसको दिमागमा मुख्य दुईवटा रसायन हुन्छन् । एउटा रसायन शक्तिसँग सम्बन्धित हुन्छ । शक्तिसँग सम्बन्धित रसायनको गति सिधा रेखामा निरन्तर अघि बढिरहन्छ, कुनै पनि अवरोधहरू उसले सहँदैन, यस्ता अवरोधलाई पेलेरै अघि बढ्छ ।

अर्को रसायन विवेकसँग सम्बन्धित हुन्छ । विवेकसँग सम्बन्धित रसायनको गति धिमा हुन्छ । यसको गति सिधै अघि नबढेर वृत्ताकारका रूपमा दायाँबायाँ, अगाडि पछाडि बढ्न थाल्छ । जब मान्छे सत्तामा पुगेर शक्तिशाली हुन्छ, तब विवेकसम्बन्धी रसायन उत्पादन घट्दै जान्छ र शक्तिसम्बन्धी रसायन बढ्दै जान्छन् । यस्तो हुँदै जाँदा केही वर्षपछि विवेकसम्बन्धी रसायन उत्पादन हुनै छाड्छ र शक्तिसम्बन्धी रसायनको उत्पादन झन् तीव्र गतिमा हुन्छ । यो पछिल्लो अध्ययनको निष्कर्ष र महाभारत ग्रन्थमा उल्लेख गरिएका उदाहरणहरू मिल्दाजुल्दा छन् । माथि उल्लेख गरिएका पात्रमध्ये क्षमताको हिसाबले द्रुपदभन्दा द्रोणाचार्य धेरै माथि थिए, तर द्रुपदसँग सत्ता र शक्ति थियो । द्रोणाचार्यले भने सत्ता र शक्ति लिन चाहेनन् । सायद शक्ति आर्जनपछि विवेकशून्य हुनुपर्छ भन्ने कुरा उनले बुझेका थिए । द्रोणाचार्यले चाहेको भए द्रुपदको सबै राज्य खोसेर आपैmँ राजा हुन सक्थे, तर सबै राज्य खोसेर पनि आधा राज्य द्रुपदलाई फिर्ता गरे । आधा राज्यमा छोरा अश्वस्थामालाई राजा बनाए । जुन दिन राजा बने त्यसै दिनदेखि अश्वस्थामा पनि विवेकशून्य भए ।

प्रतिक्रिया