श्वेतासँग बिहे गर्दै आदित्य

मुम्बई । गायक तथा टेलिभिजन रियालिटी सोका सञ्चालक आदित्यनारायण झाले प्रेमिका श्वेता अग्रवालसँग बिहे गर्ने तयारी गरेका छन् । आदित्य र श्वेताको भेट सन् २०१० मा सार्वजनिक भएको चलचित्र ‘शापित’ को सेटमा भएको थियो । सो चलचित्रमा एक साथ काम गरेपछि आदित्य र श्वेताको प्रेम सम्बन्धअघि बढेको थियो ।

आदित्यले श्वेतासँग आफूले यो वर्षको अन्त्यमा बिहे गर्ने तयारी गरेको जनाएका छन् । भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै आदित्यले भने, ‘१० वर्षदेखि प्रेम सम्बन्धमा रहँदा हामीबीच निकै धेरै उतारचढाव आए । मेरो परिवारले श्वेतालाई बुझेको छ । म खुसी छु कि श्वेता मेरो जीवनमा आएकी छन् ।’

उनीहरु प्रेम सम्बन्धमा बाँधिएको केही समयपछि नै ब्रेकअप भएको चर्चा पनि चलेको थियो । तर, प्रेम सम्बन्धमा यस्तो उतारचढाव आउने बुझाइ आदित्यको छ । आदित्यले एकसाथ चलचित्रमा काम गरेपछि श्वेतालाई मन पराउन थालेको र त्यसको केही समयपछि प्रेम प्रस्ताव राखेको बताए ।

प्रतिक्रिया