विश्व

राष्ट्रपति ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा पुनः सक्रिय, स्वस्थ भइसकेको दाबी

सौर्य अनलाइन २०७७ असोज २७ गते १५:४१ मा प्रकाशित

फ्लोरिडा । झण्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरी सहभागी हुन थालेका छन् । कोरनो भाइरसबाट संक्रमित भएको पुष्टि भएपछि उनि केही दिन अस्पतालमा र केही दिन राष्ट्रपति निवासमा मात्रै रहेका थिए । सार्वजनिक कार्यक्रमहरुमा सहभागी भएका थिएनन् ।

त्यसपछि सोमबार पहिलो पटक उनि फ्लोरिडामा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा उनि मास्क विना सहभागी भएका थिए भने भिडमा रहेका अन्य अधिकांश सहभागीहरुले पनि मास्कको प्रयोग गरेका थिएनन् ।

उनले कार्यक्रममा जोडतोडका साथ भाषण गर्दै आफु स्वस्थ भइसकेको र आफुलाई कुनै शारीरिक वा स्वास्थ्यसम्वन्धी समस्या नरहेको दाबी गरेका थिए ।

उनले प्रतिस्पर्धी जोन बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको र सञ्चारमाध्यमलाई पनि पक्षपाती भएको आरोप लगाएका थिए । उनले आगामी चार दिनमा निर्वाचनका बेला कडा टक्कर हुने भनिएका चारवटा राज्यमा भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति ट्रम्पलाई ११ दिन अगाडि कोरोनाको लक्षण देखा परेको थियो । गत आइतबार मात्रै उनि संक्रमणमुक्त भइसकेको उनका निजी चिकित्सकहरुले बताएका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय