आइएमई ‘भरोसा कोश’ स्थापना

काठमाडौं । कोरोना भाइरसको महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई यथाशक्य सहयोग गर्ने उद्देश्यका साथ आइएमईले ‘भरोसा कोश’ स्थापना गरेको छ । कोशमा १६ पुस २०७६ देखि ३० पुस २०७७ सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तले आवश्यक विवरण सहित आइएमई ग्रुपमा केन्द्रीय कार्यालय एबं सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयमा २०७७ कार्तिक मसान्तसम्म आवेदन दिन सक्नेछन ।

रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराइनेछ । यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार भने कम्पनीमा निहित हुने पनि विज्ञप्तिमा उल्लेख छ । चाडपर्वलाई लक्षित गरी ल्याइने सेवाग्राहीमुखी स्किम यसपटक ल्याउन असमर्थ भएको कम्पनीले जनाउको छ । यद्यपि चाडपर्वमा दिनुपर्ने विशेष सेवाको व्यवस्था सदा झैँ यसपटक पनि मिलाइएको दावी पनि कम्पनीले गरेको छ । यो वर्ष पर्वलक्षित स्किममा खर्चिने श्रोत तथा साधनलाई कल्याणकारी कार्यमा लगाउने निर्णय गरेको पनि आइएमइ ग्रुपले जनाएको छ ।

प्रतिक्रिया