आज देशभर थपिए ४ हजार ४७ जना संक्रमित, निको हुने १ हजार ४७३

काठमाडौं । सोमबार देशभर ४ हजार ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ४ हजार ४७ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै देशैभर कुल कोरोना संक्रमित संख्या १ लाख ११ हजार ८०२ जना पुगेको छ । पछिल्लो पटक सोमबार ४ हजार ४७ जना संक्रमित थपिएका हुन् । यसैगरी ७७ हजार २७७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यसैगरी काठमाडौं उपत्यकामा पनि २ हजार २८३ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार ८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ गरि जम्मा २ हजार २८३ जना संक्रमित थपिएका हुन् । यही संक्रमित मध्येबाट ६४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको हो ।

प्रतिक्रिया