स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिकामा स्वास्थ्य अधिकार सम्बन्धी सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

इन्सेकद्वाररा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तरगत स्वास्थ्यको अधिकार सुनिश्चित गर्ने उद्देश्यकासाथ अन्तरक्रिया कार्याक्रमको आयोजना गरिएको हो ।

खाँडाचक्र नगरपालिका उपप्रमुख बिजया विष्टको प्रमुख आतिथ्यतमा सञ्चालित कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखाका प्रतिनिधि, स्वास्थ्यकर्मी, मानवअधिकार समूहका प्रतिनिधि लगाएतको सहभागिता रहेको कार्यक्रममा स्वास्थ्य र सरसफाई क्षेत्रमा देखिएका समस्याको विषयमा छलफल भएको थियो ।

इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लको अध्यक्षतमा आयोजित कार्यक्रममा नगरपालिकाभित्रका प्रसुती केन्द्र, स्वास्थ्य सस्थामा अवश्यक औषधि उपकरणको अभाव लगाएतका समस्याका विषयमा छलफल भएको थियो ।

सहभागिबाट उठेका सवालका बारेमा नगर उपप्रमुख विष्ट र वडा नम्बर ४ का अध्यक्ष धनसिंह विकले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको नगरपालिकाले समाधान गर्ने प्रतिवद्धता गरेका छन् ।

प्रतिक्रिया