पत्रकार यादवलाई पितृशोक

सर्लाही । नेपाल पत्रकार माहसंघ सर्लाही शाखाका कार्यसमिति सदस्य तथा मधेस पोष्ट दैनिक पत्रिकामा कार्यरत रहेका पत्रकार उदय यादवलाई पितृशोक परेको छ ।

यादवका बुबा ७२ वर्षिय राम आज्ञा राय यादवको बिहीबार बेलुकी ६ बजेको समयमा सर्लाहीको सदरमुकाम मलङ्ग्वा– ८ स्थित निवासमा निधन भएको हो । उनि लामो समयदेखि श्वासप्रश्वास तथा दमको रोगबाट ग्रसित थिए ।

हिन्दु परम्परा अनुसार उनको झिम नदिमा आज अन्तिम दाहसंस्कार गरिएको छ । अन्तिम दाहसंस्कारमा स्थानीय जनप्रतिनिधिहरु र जिल्लाका पत्रकारहरु लगायत सुभेच्छुकहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया