बलिउडमा ड्रग्सको समस्या छ : अक्षय

मुम्बई । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणको लामो समयपछि अभिनेता अक्षय कुमारले मौनता तोड्दै आफ्नो भनाई सार्वजनिक गरेका छन् । उनले बलिउडमा ड्रग्सको समस्या भए पनि सबैलाई एउटै नजरबाट हेर्न नहुने जिकिर गरेका छन् । उनले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘स्टारको रुपमा हामी परिचित छौं, तर बलिउडलाई दर्शकले बनाएका हुन् । हामीले चलचित्रको माध्यमबाट देशको संस्कृतिलाई विश्वमाझ पु¥याउने काम गरेका छौँ । जब–जब देशका जनताको भावनाको कुरा आउँछ, हामीले त्यसलाई चलचित्रको माध्यमबाट प्रस्तुत गर्ने कोशिस गरेका छौ ।’

अभिनेता अक्षय कुमारले बलिउडसँग जोडिएको ड्रग्सको मुद्दामा भने, ‘हिजोआज ड्रग्सको बारेमा खुबै कुरा हुने गरेको छ । दिलमा हात राखेर बलिउडमा ड्रग्सको समस्या छैन भनेर म झुटो बोल्न चाहन्न । तर, हरेक मानिस यसमा जोडिएको छ भन्ने हुँदैन । ड्रग्स एउटा गम्भिर मुद्दा हो र मलाई आशा छ कानुनले यो विषयमा गम्भिर तरिकाले अनुसन्धान गर्नेछ ।’ उनले अपिल गर्दै पूरै बलिउडलाई एउटै बदनाम दुनियाँको नजरले नहेरिदिन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यो गलत हुनेछ । मलाई मिडियाको शक्तिमाथि पनि विश्वास छ । मिडियाले आवाज उठाउन छाड्नु हुँदैन, तर संवेदनशीलतालाई पनि छाड्नु हुँदैन ।’

प्रतिक्रिया