एनसेलको ‘कुरै कुरामा उपहार’ योजना

काठमाडौं । चाडपर्वको आगमनसँगै एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदा लिँदै दैनिक, साप्ताहिक र बम्पर उपहार जित्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले दसैं, तिहार र छठ पर्वका अवसरमा आफ्नो भ्वाइस सेवाका ग्राहकका लागि आकर्षक योजना ‘कुरै कुरामा उपहार’ ल्याएको हो । यस योजना अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्ट्रिय कल गरी तोकिएको निश्मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहार जित्नेमौका पाउने पनि विज्ञप्तिमा उल्लेख छ ।

दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाको मुख्य विशेषता हुन् । प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यतिनै धेरै उपहार जित्ने मौका पाउनेछन् । यो आकर्षक योजना आइतबार देखि लागु भई आठ साता अर्थात १३ मंसिरसम्म कायम रहने कम्पनीले जनाएको छ ।

चाडपर्वको अवसरमा ल्याइएको यो योजनाबाट फाइदा लिन एनसेलका प्रिपेड ग्राहकले १७१०७ मा डायल गरी सजिलै निःशुल्क सहभागी हुन सक्नेछन् । यस योजनामा सहभागी हुने बित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्न निश्चित मिनेटको लक्ष्य पाउनेछन् । तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्नेबित्तिकै ग्राहकले त्यही दिनको मध्यरातसम्मको समयसीमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउनेछन् र यस योजना अन्तर्गतको उपहार जित्ेग्य हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

आकर्षक योजनाको उपहारका रुपमा तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७०० जना ग्राहकलाई २०० रुपैयाँ बोनस ब्यालेन्स, सातजना ग्राहकलाई सामसुङ ग्यालेक्सी एम ०१ एस र बम्पर उपहारमा दुईजना ग्राहकलाई सामसुङ ग्यालेक्सी नोट २० छन् ।

एनसेल आजियाटा लिमिटेडका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले चाडपर्वको सुरुवातसँगै यो वर्षको सबैभन्दा रमाइलो समयको आगमन भएको बताएका छन । यस योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकमध्ये प्रत्येक प्रदेशबाट हरेक दिन १ सय ग्राहकलाई उपहार दिइनेछ । दैनिक उपहार अन्तर्गत ग्राहकले २ सय रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने बोनस ब्यालेन्स १५ दिनका लागि मान्य रहनेछ । उक्त बोनस ग्राहकले एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न तथा डेटा चलाउन प्रयोग गर्न सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया