इञ्जिनियरको जाली रुमाल

काठमाडौं । पेशाले इञ्जिनियर रहेका गायक वीरेन्द्र श्रेष्ठको ‘जाली रुमाल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भीम बिष्टको शब्द तथा संगीतमा तयार पारिएको गीतमा गायक श्रेष्ठलाई स्वरमा गायिका मेलिना राईले साथ दिएकी छन् ।

कोरियोग्राफर गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा पल शाह र रियासा दाहाल तथा क्रिउ कार्टुन क्रिउका सरोज र आश्माको जोडीको नृत्य रहेको छ । राजधानीको तारे होटेलमा दरबारको झल्को आउने सिनमा पल, सरोजलाई युवराजको रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा नवराज उप्रेतीको छांयाकन नवीन रिजालको सम्पादन रहेको छ ।

प्रतिक्रिया