खोजखबर

देशभर आज थपिए १ हजार ९११ जना संक्रमित, निको हुने ९६१

सौर्य अनलाइन २०७७ असोज १५ गते १६:२४ मा प्रकाशित

काठमाडौं । बिहीबार देशभर १ हजार ९११ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज १ हजार ९११ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै देशभर कुल कोरोना संक्रमित संख्या ७९ हजार ७२८ जना पुगेको छ । पछिल्लो पटक बिहीबार १ हजार ९११ जना संक्रमित थपिएका हुन् । यसैगरी ५७ हजार ३८९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ९६१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यही संक्रमित मध्येबाट ५०९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय