सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड

काठमाडौं । नेपालीको महान् चाड बडादसैंको उपलक्ष्यमा सानिमा बैंकले ‘यो पालिको दसैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ ।

यो योजना १२ आसोज देखि सोही महिनाको मसान्त २०७७ सम्म आवेदन दिने ग्राहकमा लागू हुने बताइएको छ । साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिनेछ । यसैगरी, पहिलो ५० जना ग्राहकले अनलाइन सपिङ पोर्टल दराजमा ३ हजारबराबरको सामान खरिद गर्दा ५ सयको निःशुल्क भौचरसमेत प्राप्त गर्न सक्नेछन् ।

बंैकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

प्रतिक्रिया