महँगियो सूचना प्रविधिका सामान

काठमाडौं । कोरोना संक्रमण संगै सुरु भएको लकडाउनको कारण बजारमा सूचना प्रविधिको क्षेत्रमा प्रयोग हुने सामानको अभाव चर्किएको छ । सोही कारण बजारमा मोबाइल ल्यापटप लगायतका सामान अभाव सँगै मुल्य बढेको हो ।  लकडाउन संगै विद्यार्थीहरुको अनलाइन कक्षाको कारण ल्यापटप र मोवाइल प्रयोग बढेको हो । अहिले लकडाउन खुकुलो भएपछि यस्ता सामानको माग बढेको छ ।

कोरोना त्रासले घरभित्रै रहेका नागरिकले अनलाइनबाट हुने कामलाई तीव्रता दिएसँगै यसको माग बढेको व्यवसायीहरुले बताएका छन् । बजारमा सामानको माग बढी भएपछि यसको अभाव हुनुका साथै उपभोक्ताहरुले चर्को मूल्यमा सामान खरिद गर्नु पर्ने बाध्यता सृजना भएको छ । जस्को कारण सर्वसाधारणले ल्यापटप तथा मोबाइल लगायत सामानमा चर्को मूल्य हालेर खरिद गर्नु पर्ने बाध्यता देखिएको हो । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) अध्यक्ष नवराज कुवरका अनुसार बजारमा मोबाइल तथा ल्यापटपको कारोबार गत वर्षको भन्दा २५ प्रतिशतले बढेको छ ।

माग र आपुर्ति वीचको सामान्जस्यता नमिल्दा सामान अभाव भएको हुन सक्ने उनको अनुमान छ । अहिले बजारमा सूचना प्रविधिमा आधारित सामानको कारोबार बढेको छ भने उपभोक्ताले पुराना मोबाइल छोडेर नयाँ सामान किन्न थालेका छन् । सामान अभावको कारण ग्राहकले आफुले रोजेको सामान किन्न नपाएको ब्यवसयाीहरुको भनाई छ ।

लकडाउनको समयमा सामान आउन नसकेको कारण सामान चार्टर गरेर ल्याउनु परेको बाध्यताले त्यस्ता सामात महंगो भएको ति ब्यवसायीहरुको गुनासो छ । लकडाउन पछाडि सामान ढुवानी भाडा बढेकोले सामानको मूल्य पनि बढेको उनिहरुको भनाई छ । लकडाउन अघि प्रतिकेजी दुई डलरदेखि तीन डलरसम्म ढुवानी तिर्ने गरेकोमा अहिले प्रतिकेजी १० देखि १२ डलर प्रतिकेजी तिर्नु पर्ने अवस्थाको कारण सामानको मूल्य बढेको हो ।

पछिल्लो समय चीनबाट सामान नआउनु तथा भएको सामान बिक्री हुँदा अभाव बढेको आशंका गरिएको छ । सोही कारण ग्राहकको मागअनुसारका ल्यापटप ल्याउन नसकेको व्यवसायीको भनाई छ । अझै एक साता सम्म नेपाली बजारमा ल्यापटप र मोबाइलको आपूर्ति सामान्य अवस्थामा नफर्किने व्यवसायीहरुको भनाई छ ।

दुई महिनाको अवधिमा नेपालमा सबैभन्दा बढी आयात गरिने वस्तुको सूचीमा मोबाइल रहेको छ । चालु आर्थिक वर्षको दुई महिनामा मोबाइल ल्यापटप लगायत आईटी सामानहरुको आयात उच्च देखिएको छ । कोरोना भाइरस कोभिड–१९ को कारण भएको लकडाउन र निषेधाज्ञाको कारण मोबाइल, ल्यापटप र ट्याब आयातमा भारी वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको साउन र भदौमा मात्र १० अर्ब ३० करोड रुपैयाँबराबरका मोबाइल, ल्यापटप र ट्याब भित्रिएको तथ्यांकमा उल्लेख छ ।

ति दुई महिनामा १ अर्ब ३ करोड २२ लाख रुपैयाँबराबरको आयात भएको छ । त्यसैगरी ९ अर्ब २७ करोड रुपैयाँको मोबाइल तथा मोबाइल एक्सेसरिज आयात भएको छ । यसअघि आयातको सूचीमा पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहने गथ्र्यो । ति दुई महिनामा सबैभन्दा बिढ मोबाइल चीनबाट ५ अर्ब १२ करोड ३८ लाख रुपैयाँ बराबरको आयात भएको छ भने भारतबाट २ अर्ब ५४ करोड ४६ लाख ३० हजार रुपैयाँबराबरको भएको छ ।

प्रतिक्रिया