आज देशभर थपिए १ हजार २०७ जना संक्रमित, निको हुने १ हजार १४७

काठमाडौं । शनिबार देशभर १ हजार २०७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १ हजार २०७ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ७१ हजार ८२१ जना पुगेको छ ।पछिल्लो पटक शनिबार १ हजार २०७ जना संक्रमित थपिएका हुन् । यसैगरी ५३ हजार १३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार १४७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यही संक्रमित मध्येबाट ४६७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको हो ।

प्रतिक्रिया