दाउन्नेमा पहिरोले बस पुरिंँदा एक को मृत्यु, ६ घाईते

नवलपुर। पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल नारायणगढ सडक खण्डको दाउन्‍नेमा पहिरोले बस पुरिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा रुकुम पश्चिम जिल्लाको आठबिसकोट गाउँपालिकाका वडा नं १० बस्ने अन्दाजी २५ वर्षका हरिषचन्द्र के।सी। रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

जिल्लाको बिनयी त्रिवेणी गाउँपालिका वडा नं २ स्थित घिउखोला नजिकै माथिबाट झरेको लेदो सहितको पहिरोले काठमाडौंबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ५ ख ७९४० नम्बरको बस पुरिँदा सो दुर्घटना भएको हो ।दुर्घटनामा परि घाइते हुनेहरुमा सल्यान जिल्लाको श्रीनगर गाउँपालिकाका २७ वर्षीय प्रतिभा खड्का सोही ठाउँमा बस्ने १० वर्षका प्रज्ञान बस्नेत र वर्ष १६ की खुमा बुढाथोकी रहेका छन् ।

त्यस्तै अन्य घाइतेहरुमा सल्यानकै सिमखर्क गाउँपालिका वडा नं ७ का ३५ वर्षीय लोकबहादुर बस्नेत, रुकुमको मुसिकोट गाउँपालिका वडा नं १ का ३० वर्षीय रमेश खड्का र रुकुमकै बाफिकोट गाउँपालिका वडा नं ४ का २७ वर्षीय शिवा पुन रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था मध्यम रहेको र उनीहरुको अहिले चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँडले बताए ।

राजमार्गको नवलपरासी खण्डमा पर्ने दाउन्ने पहाडमा अविरल वर्षाका कारण दर्जनभन्दा बढी स्थानमा पहिरो गएको छ । जसका कारण सयौँ गाडी राजमार्गमै अलपत्र परेका छन् भने यात्रुहरुको बिचल्ली भएको छ । ठाउँ(ठाउँमा गएको पहिरो हटाउन नसक्दा बिहीबार बिहानैदेखि पूर्वपश्चिम हिँडेका गाडी दाउन्‍नेमा अलपत्र परेका हुन् । पहिरो खसेको स्थानसम्म डोजर लैजाने बाटोको समस्या भएपछि रोकिएका गाडी र यात्रुको उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया