खोजखबर

दुर्लभ गोहोरोसहित दुईजना पक्राउ

सौर्य अनलाइन २०७७ असोज ६ गते १९:४९ मा प्रकाशित

काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले दुर्लभ वन्यजन्तु सुन गोहोरोसहित दुईजनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानीमा चकलेटको बट्टा भित्र लुकाई राखेको वन्यजन्तुसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा ६ घर भई मुलपानी बस्ने वर्ष २१ का विशाल तामाङ र सोही ठाउँका १९ वर्षीय सुवास तामाङ रहेको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायव उपरिक्षक नविन कार्कीले जानकारी दिए ।

पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि आज जिल्ला वन कार्यालय काठमाडौं पठाइएको कार्कीले बताए । प्रहरीले बरामद गरेको डेढ इन्च लामो ज्यूँदो उक्त सुन गोहोरो वनले संरक्षित तथा दुर्लभ वन्यजन्तु भित्र पर्ने बताएको छ । वन कार्यालयले थप अनुसन्धान पश्चात कारवाही प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय