गुर्जोको बिरुवा वितरण अभियान

भक्तपुर । यहाँका घरघरमा गुर्जोका बिरुवा निः शुल्क रुपमा पुर्याउने अभियान सूर्यविनायक नगरपालिका क्षेत्रबाट शुरुआत गरिएको छ । सांसद महेश बस्नेतले गुण्डुका ५६० घरलाई बिरुवा वितरण गर्दै सुरु गरेको सो अभियान आज सूर्यविनायक चोकमा पुगेको छ ।

सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् वडा नं ८ का वडाध्यक्ष किरण थापा, वडा ६ का वडाध्यक्ष रामेश्वर ध्वजू र गुर्जो अभियान्ता तथा सरकारका उपसचिव कमलबहादुर राजलवटले ५०० जनालाई बिरुवा वितरण गरे ।

गुर्जोको फाइदा तथा समस्याको बारेमा जानकारी दिँदै पाँच वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती महिलाले प्रयोग गुर्जोको सेवन गर्न नहुने साथै रक्तचाप कम भएकाले विरे नुनको प्रयोग गरेर मात्र खानु पर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।

प्रतिक्रिया