पूर्व प्रधान न्यायधिश सिंहलाई पूर्व राजाको संवेदना

काठमाडौं ।  सर्बोच्च अदालतका पूर्व प्रधान न्यायधिशको निधन प्रति पूर्व राजा ज्ञानेन्द्र शाहले दुख व्यक्त गरेका छन । पूर्व राजा शाहले स्वर्गिय मंगलबार बेलुकी ७ः३० बजे एक सय वर्षको उमेरमा निधन भएका पूर्व प्रधान न्यायधिश अनिरूद्ध प्रसाद सिंहको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका हुन ।

उनको बत्तिसपुतली स्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे एक सय वर्षको उमेरमा निधन भएको थियो । उनी सर्वोच्च अदालतको दोस्रो प्रधानन्यायाधीश बनेका थिए। २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश बनेका सिंह २०१६ साल असार १६ गते सम्मा प्रधानन्यायाधीशका रुपमा कार्यरत थिए । २०१६ सालमा उनी लोकसेवा आयोगको अध्यक्ष पनि भए।

प्रतिक्रिया