सीपविकासमा शिक्षक र शिक्षण संस्था

डा. दुर्गाप्रसाद दाहाल

हरेकको व्यक्तित्वभित्र सामान्यतयाः व्यक्तिगत आदतहरू, मित्रवत् व्यवहार, सामाजिक गरिमा र आशावादी दृष्टिकोण सामेल हुन्छन् । अतः कुनै व्यक्तिले आफ्नो योग्यता एवम सीपको बलमा नै अर्को व्यक्तिका साथ प्रभावकारी सम्बन्ध कायम र विस्तार गर्दछ । आफ्नो सार्थकता सिद्ध गर्नमा सफल हुन्छ । व्यक्तिलाई जीवनोपयोगी सीपले आफू सामुन्ने सिर्जित चुनौती तथा आवश्यकताका बीच सफल र प्रभावकारी भूमिका निर्वाह गर्नका लागि सहयोग गर्दछ ।

मानिसका बाल्यावस्था, किशोरावस्था एवम् युवावस्थाका निम्ति प्राथमिक, माध्यमिक तथा उच्च शिक्षाको व्यवस्था गरिएको छ । शिक्षाद्वारा प्रत्येक नागरिकमा ज्ञान मात्र होइन एउटा कुशल नागरिकका रूपमा उत्तरदायित्वको बोध गराइन्छ । शिक्षाको माध्यमले देशको सामाजिक, आर्थिक, राजनीतिक, भौगोलिक, ऐतिहासिक आदि वस्तुस्थितिको अध्ययन मात्र गरिँदैन, नयाँनयाँ वैज्ञानिक आविष्कारको जानकारी एवम् खोज अनुसन्धेय मार्गनिर्देश वा जिज्ञासासमेत प्राप्त हुन्छ । शिक्षण प्रक्रिया भन्नाले आममानिसले विषयगत शिक्षण प्रक्रियालाई मात्र सम्झन्छन् । त्यसैले शिक्षण प्रक्रियाप्रतिको आममानिसको धारणा यान्त्रिक प्रकृतिको देखिन्छ । पाठ्यक्रम कार्यान्वयनका क्षेत्रमा अग्रसर सरोकारवाला व्यक्ति र निकायले व्यावहारिक रूपमा उतार्नुपर्ने सीपहरूलाई महत्त्व दिन सकेको देखिँदैन ।

शिक्षाको मूल उद्देश्यसँग जोडिएका कतिपय विषयहरूको मर्मलाई कार्यान्वयनको तहमा पु¥याउन सकिएको छैन । यस्ता विषयहरू सरोकारवाला व्यक्ति र संस्थाहरूले ठम्याउन नसकेर तिनीहरूलाई शिक्षाको मूलधारमा समेट्न सकिएको छैन । पाठ्यक्रममा सूचनापरक ज्ञानहरूको साथै अभिवृत्ति, मूल्य, दक्षता, सीप आदिको विकास पनि अपेक्षित हुन्छन् । जसको प्राप्ति सूचनापरक जानकारी र ज्ञानद्वारा मात्र सम्भव हुँदैन । सूचनापरक जानकारीले साधनको कार्य गर्नुपर्छ । दक्षता, सीप, मूल्य आदिको विकास पाठ्यक्रमको साध्य हुनुपर्छ भन्ने मान्यताबाट अघि बढ्नु आजको आवश्यकता हो, तर आज हामी बिस्तारै जीवनोपयोगी सीपलाई कुनै विषयगत सीपका रूपमा उभ्याउन अग्रसर हुँदै गएका त छैनौँ ? आम सरोकारवालाहरू गम्भीर बन्न आवश्यक छ । जीवनोपयोगी सीपविकास कुनै खास विषयबाट प्रदान गर्ने सोचबाट यसको यथार्थ पर्गेल्न सकिन्न । यो कुनै एउटा विषयमा केन्द्रित हुँदैन बरू यो प्रत्येक विषयसँग अन्तर्घुलन भएको देखिन्छ अर्थात् जीवनोपयोगी सीपको विकासका लागि प्रत्येक विषयसँग जोडिएका सीप विकास गर्न आवश्यक देखिन्छ । यसका लागि सबै विषयका पाठ्य सामग्रीमा निहित मूल्यहरू, आदतहरू, अभिवृद्धिका लागि समुचित विकास गर्नुपर्छ । यसले सबै विद्यार्थीहरूमा अन्तर्निहित क्षमताहरूभित्र स्वतन्त्रता, लोकतन्त्र एवम् युगसापेक्ष जीवन मूल्यलाई सुदृढ गर्ने परम्परा स्थापित गर्दछ ।

सीपको अर्थ र प्रकार
प्रत्येक व्यक्तिमा समान किसिमको योग्यता सम्भव छैन । योग्यताका आधारमा नै एक व्यक्तिलाई अर्को व्यक्तिबाट भिन्न देखाउन सकिन्छ । यो सीप गुणवत्ता, प्रेरणा, उत्साह एवम् नेतृत्व क्षमता नै हो । हरेकको व्यक्तित्वभित्र सामान्यतयाः व्यक्तिगत आदतहरू, मित्रवत् व्यवहार, सामाजिक गरिमा र आशावादी दृष्टिकोण सामेल हुन्छन् । अतः कुनै व्यक्तिले आफ्नो योग्यता एवम् सीपको बलमा नै अर्को व्यक्तिका साथ प्रभावकारी सम्बन्ध कायम र विस्तार गर्दछ । आफ्नो सार्थकता सिद्ध गर्नमा सफल हुन्छ । व्यक्तिलाई जीवनोपयोगी सीपले आफू सामुन्ने सिर्जित चुनौती तथा आवश्यकताका बीच सफल र प्रभावकारी भूमिका निर्वाह गर्नका लागि सहयोग गर्दछ । विद्यार्थीमा अपेक्षित जीवनोपयोगी सीपभित्र प्रमुख रूपमा निम्नानुसारका सीपहरू समेटिन्छन् :

२.१ आत्मज्ञान : व्यक्तिले आफूभित्र विद्यमान गुण, दोष, सबल एवम् दुर्बल पक्षहरूको जानकारी प्राप्त गर्न सक्नु नै आत्मज्ञान हो । विद्यार्थीमा आत्मज्ञानको भाव जागृत हुनासाथ उसले आफ्नो जीवनको बाधक पक्षलाई पहिचान गर्न सक्छ । आफूभित्रको यस्तो खराबीलाई निराकरण गर्न सक्छ । आत्मज्ञानले विद्यार्थीमा सकारात्मक सोच विकास गर्न र नकारात्मक सोच परित्याग गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । आत्मज्ञानद्वारा विद्यार्थीमा आफ्नो पारिवारिक र राष्ट्रिय उत्तरदायित्व एवम् मूल्यको पहिचान हुन्छ । सरोकारवाला व्यक्ति र संस्थाले विद्यार्थीभित्र आत्मज्ञानको क्षमता विकास गराउन आवश्यक छ । विद्यार्थीले जीवन र जगत्का बाह्य विषयवस्तु रटाइरहने तर उसको आन्तरिक पक्षतर्फ ध्यानाकर्षण गराउनेतर्फ अग्रसर नगराउने प्रवृत्तिले आजको औपचारिक शिक्षातर्फ अरूचि पैदा हुन थालेको देखिन्छ ।

२.२ समानुभूति : आफ्ना अगाडि अरूले महसुस गरेको अनुभूति आफूले पनि उस्तै रूपमा महसुस गर्नु वा अनुभूति गर्नु समानुभूति हो । समानुभूतिले मानव स्वभावको सकारात्मक पक्षलाई उद्घाटन गर्छ । यसले व्यक्तिलाई अरूको सुख दुःखमा सहभागी गराउँछ तथा उसको अनुभूतिलाई आफूमा समाहित गरेर सोच्छ । यस्तो भाव आफ्नो परिवारको सदस्यमा मात्र सीमित हुँदैन । यसप्रकारको जीवनोपयोगी सीपबाट मानवतावादी दृष्टिकोण अपनाएर हामीलाई एउटा सुयोग्य नागरिक बन्नमा सहयोग हुन्छ । यस्तो भावनाको विकासबाट समाजमा आपराधिक र स्वार्थी प्रवृत्तिका साथै अनैतिक आचरण न्यूनीकरण गर्न सकिन्छ ।
२.३ प्रभावकारी सम्प्रेषण कला ःकुनै व्यक्तिभित्र रहेका भाव र विचार अरूका सामु अभिव्यक्त नभएसम्म त्यसले सार्थकता प्राप्त गर्दैन । आफ्नो दृष्टिकोण प्रभावकारी ढङ्गबाट अरूका सामु पु¥याउनु पनि जीवनका लागि अत्यन्त उपयोगी सीप हो ।कुनै विषयको सूचना दिन, कसैलाई प्रशिक्षित गर्न, कुनै विषयमा स्पष्ट पार्न, कुनै विषय प्रेषित गर्न र कसैलाई सहायता गर्नका लागि सम्प्रेषणको उपयोग गरिन्छ । सरोकारवाला व्यक्ति र संस्थाले विद्यार्थीको ज्ञानमा मात्र होइन उसको प्रभावकारी सम्प्रेषण कलामा पनि जोड दिन आवश्यक देखिन्छ ।

२.४ कुशल निर्णय क्षमता : राम्रो चरित्र निर्माण एवम् राम्रो भविष्यका लागि व्यक्तिको भित्री निर्णय लिनका लागि क्षमताको सीप विकास गर्नुपर्छ । विद्यार्थीहरूमा अनेकौँ प्रकारका समस्या आउँछ जस्तै माध्यमिक शिक्षा उत्तीर्ण भएपछि विषय एवम् वर्ग छनोट गर्नमा तथा विद्यार्थी भविष्यमा जो व्यवसाय अपनाउन चाहन्छ त्यसमा उसको प्रगति तथा विकासका के के सम्भावनाहरू हुन सक्छन् । विद्यार्थीमा सम्यक् ज्ञान हुनुपर्छ जसबाट उनीहरूले उचित निर्णय लिन सक्षम हुन सकून् ।

२.५ समस्या समाधान सीप : जीवनमा अनुकूल तथा प्रतिकूल स्थितिहरू सामुन्ने आउँछन् । विभिन्न कठिनाइरूको सामना गर्दै मानिस अघि बढ्नका लागि मार्गप्रशस्त गर्नुपर्छ । जीवनमा कहिलेकाहीँ विषम परिस्थितिहरूलाई आफ्नो नियन्त्रणमा राख्नका लागि विभिन्न प्रकारका वैकल्पिक समाधानको अवसर प्राप्त हुन्छ तर व्यक्तिभित्र यस्तो सीप विकसित हुनुपर्छ कि जुन विकल्प समय एवम् परिस्थितिअनुसार सर्वथा उपयुक्त होस् त्यसलाई ग्रहण गर्नुपर्छ । यसका लागि ज्ञानका साथै समस्या समाधान सीप सिकाउनका लागि सरोकारवाला व्यक्ति र संस्था अग्रसर हुनुपर्छ ।

२.६ आपसी मेलमिलाप : मेलमिलाप त्यो व्यक्तिसँग हुन्छ जसले आफूप्रति आफ्नै जस्तै गरी सकारात्मक विचार राख्दछन् । व्यक्तिले सकारात्मक तथा रचनात्मक दृष्टिकोण राख्नासाथ उसको सम्पर्कमा आउनेहरूको एउटा संसार निर्मित हुन्छ जसले व्यक्तिलाई समाज र जनहितको कार्यमा प्रवृत्त गर्नमा सहायता गर्छ । अतः जब व्यक्तिका स्वभाव व्यक्तिगत पहिचान र स्वार्थको स्तरभन्दा माथि उठेर आफ्ना समकक्षी मित्रहरूका साथ उदार हृदय एवम् परोपकारी विचारहरूको साथ सामञ्जस्य गर्न सक्षम हुन्छन् । त्यतिखेर अन्तर्वैयक्तिक सम्बन्धको प्रादुर्भाव हुन्छ र यस्ता व्यक्ति सबैका लागि सम्मानीय हुन्छ, यही सम्बन्ध अघि बढेर मित्रतताको रूप लिन्छ । आपसी मेलमिलाप व्यक्ति व्यक्तिका बीचको भरोसामा आधारित हुन्छ । अतः यसमा विश्वसनीयता, स्थिरता, सम्मान, निष्पक्षता, खुल्लापन, समता, निपुणता, इमानदारी, स्वीकृति तथा चरित्रका समावेश हुनुपर्छ ।

२.७ विश्लेषणात्मक चिन्तन : यस प्रकारकोसीपले हामीलाई कुनै स्थिति विशेषसँग जोडिएका सूचनाहरू, तथ्यहरू, अनुभवहरू आदिको विश्लेषण गर्नका लागि वस्तुनिष्ठ ढंगबाट विचार गरेर समायोजित निर्णय लिनमा सहायता प्रदान गर्दछ । मानव जीवनमा अनेकौँ घटना घटित हुन्छन् । कहिलेकाहीँ विषम सूचनाहरू प्राप्त हुन्छ । यस स्थितिमा सूचनाको प्रामाणिकता, विकल्पहरूलाई पहिचान गर्न, कारण जान्न तथा साक्ष्यहरूप्रति आफ्नो दृष्टिकोण निर्मित गरेर विश्लेषण गर्नुपर्छ ।

२.८ संवेगहरूमा समुचित नियन्त्रण : मानिसले आफ्नो संवेगहरूमा नियन्त्रण राख्न सक्नुपर्छ । तीव्र संवेग जस्तै क्रोध तथा दुःख मनुष्यको स्वास्थ्य तीव्र सामाजिक परिवर्तनहरूले किशोरहरूबाट जीवन अपेक्षाहरू, मूल्यहरू तथा दृष्टिकोणहरूलाई पूर्ववत् मान्यताहरू एवम् नयाँ सोचका साथ सीप विकासमा बल दिनु आवश्यक हुन गएको छ ।

प्रतिक्रिया