नन्दिताको सहयोग

काठमाडौं । कोरोना कहरका कारण समस्यामा परेका चलचित्र प्राविधिकलाई अभिनेत्री नन्दिता केसीले सहयोग गरेकी छन् । उनले तीस जना चलचित्र प्राविधिकलाई राहत सहयोग उपलब्ध गराएकी हुन् । हाल अमेरिकामा बसोबास गरिरहेकी अभिनेत्री नन्दिताले विभिन्न व्यक्तिको सहयोगमा सहयोग उपलब्ध गराएकी हुन् ।

अभिनेत्री नन्दिताको उपलब्ध गराएको सहयोग नेपाल चलचित्र प्राविधिक संघका उपाध्यक्ष विनोद लामा पाख्रिनमार्फत वितरण गरिएको हो । उनले उपलब्ध गराएको राहतमा ग्यास किन्ने पन्ध्र सय रकमसहित चामल एक बोरा, तेल (२ लिटर), दाल (दुई किलो), चिउरा (दुई किलो), र साबुन (६ वटा) लगायत रहेको उपाध्यक्ष पाख्रिनले सामाजिक सञ्जालमा जानकारी गराएका हुन् ।

यससँगै अभिनेत्री नन्दिताले मोटसाइकल दुर्घटनामा परी घाइते भएका कलाकार सन्नी रसाइलीलाई समेत पन्ध्र हजार नगद सहयोग गरेकी छन् ।

प्रतिक्रिया