काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान ५ बजेर २० मिनेट  तिर भूकम्प गएको हो । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको छ। । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ ।

भूकम्पबारे जानकारी दिने वेबसाइट ईएमएससीका अनुसार भूकम्पको केन्द्रविन्दु काठमाडौँबाट ६३ किलोमिटर उत्तर पूर्वमा रहेको र यसको म्याग्निच्युड ५.५ रहेको उल्लेख गरेको थियो ।

प्रतिक्रिया