खेलाडीलाई फिटनेसकै चिन्ता

काठमाडौं । लकडाउन खुकुलो भएपछि खुसी भएका खेलाडीलाई फेरि चिन्ता परेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अनिश्चितकालका लागि पुनः खेलकुद गतिविधि बन्द गर्दा अभ्यासमा फर्किएका खेलाडीलाई फिटनेसले पिरोलेको हो । घरेलु अभ्यासमा सीमित खेलाडीबीचको समयमा अभ्यासमा फर्किंदा पुरानो लय गुमेको थियो । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सोमबार अनिश्चितकालका लागि सम्पूर्ण खेलकुद गतिविधि स्थगित गरेको छ । तीन महिना लामो लकडाउन भएपछि केही प्रावधान मिलाएर खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिए पनि पूर्ण रुपमा खेलकुद गतिविधिमा फर्किन सकेका थिएनन् ।

केही खेलकुद संघले मात्र तोकिएको मापदण्ड पूरा गर्दै अभ्यासका लागि भदौ १ को साइत कुरिरहेका थिए । ब्याडमिन्टन, कराते, टेबल टेनिसजस्ता खेलले स्वास्थ प्रोटोकललाई पूरा गर्दा अन्य सुचारु गर्ने सोचमा थिए । अहिले ती नै खेलका खेलाडी पुनस् स्थगित हुँदा चिन्तित भएका छन् । यस्तै चिन्ताले सताएका फुटबल अन्जन विष्टले घरेलु अभ्यासबाट आफूलाई फिट राख्ने प्रयास गरिरहेका छन् । खेल मैदानमा समूह गत तरिकाले गरिने अभ्यास जस्तो नभए पनि पनि फिट राख्न घरेलु अभ्यासमा व्यस्त रहेको राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विष्ट बताउँछन् ।

त्यसो त अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार विश्वकप छनोटका लागि उपत्यकाबाहिर र भित्रका ३४ खेलाडीमा कोरोना परीक्षण गर्दै भदौ १ बाट अभ्यास गर्ने तयारी गरेको थियो । बढ्दो महामारी र एसियाली फुटबल महासंघ (एएफसी) ले अक्टोबर र नोभेम्बरका लागि तय भएको छनोट खेल स्थगित गर्ने निर्णय सँगै खेलाडी निराश भएका छन् । सम्पूर्ण खेलकुद गतिविधि बन्द हुँदा खेलाडी मारमा परेका छन् । ती खेलाडीले फिट रहन घरेलु अभ्यासमा रहेका खेलाडीलाई प्रविधिको माध्यमबाट आवश्यक सल्लाह र सुझाव दिइरहेको राष्ट्रिय टोलीका फिजियो आविष्कार पुडासैनी बताउँछन् ।

पछिल्लो केही साताबाट काठमाडौंलगायत जनघनत्व बढी भएका क्षेत्रमा कोरोनाको जोखिम बढेसँगै राखेपले खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेको हो । खेलकुद क्षेत्रमा अहिलेसम्म स्वाँगै सका एक प्रशिक्षक, राष्ट्रिय फुटबल टिमका एक खेलाडी र एपीएफ क्लबका दुई खेलाडीमा कोरोना देखिएको छ । (

प्रतिक्रिया