एक कोरियाबारे विश्वव्यापी भर्चुअल सम्मेलन गर्दै ग्लोवल पिस फाउन्डेशन

दक्षिण कोरिया । ग्लोवल पिस फाउण्डेशनले दुई कोरियाबीच शान्ति स्थापनाका लागि एक विश्वव्यापी भर्चुअल सम्मेलनको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम नेपाली समयअनुसार साउन ३१ गते विहान ४ः४५ बाट शुरु हुनेछ । ग्लोवल पिस फाउण्डेशनले अघिल्लो महिना उत्तर कोरियाद्वारा गरिएको विस्फोटको घटनाप्रति चिन्ता व्यक्त गरेको छ । त्यस्तो कार्यले दुई कोरियाबीच हित नगर्ने र त्यहाँ शान्ति स्थापना नै मुख्य विषय बन्नुपर्ने बताउँदै सो सम्बन्धमा ‘उत्तर र दक्षिण कोरिया बीचको शान्तिपूर्ण पुनः एकीकरणको लागि पुनः संगठन र अवसरहरू’ शीर्षकको एक भर्चुअल विश्व सम्मेलन गर्ने भएको हो ।

पछिल्लो समय उत्तर र दक्षिण कोरियाबीच बढ्दै गएको तनाव र पछिल्लो विस्फोटनको घटनालाई लिएर दक्षिण कोरियाका सुरक्षा सचिवले एक टेलिभिजन घोषणामार्फत् उत्तर कोरियाको धम्कीलाई अब कतै नसहने बताएका छन् । यसै बीच, संसारमा हुन सक्ने अर्को सम्भावित खतरालाई देखेर सास थामेर बसेको पनि उल्लेख गरेका छन् । यस्तो चुनौतीपूर्ण परिस्थितिमा ग्लोबल पीस फाउन्डेशनका संस्थापक डा. ह्युन जिन प्रेस्टन मुनले दक्षिण कोरिया, चीन, अमेरिका र अन्य देशका शीर्ष अधिकारीहरूलाई ‘विश्व सङ्कट माझ उत्तर र दक्षिण कोरिया बीचको शान्तिपूर्ण पुनःएकीकरणको लागि पुनः संगठन र अवसरहरू’ शीर्षकको एक सम्मेलन गरेका हुन् ।

सो कार्यक्रमका वक्ताहरुमा डा. एडविन फुलनर (वाशिंगटन डीसी अमेरिकाका प्रतिष्ठित सार्वजनिक नीति संस्था हेरिटेज फाउन्डेशनका संस्थापक तथा एशिया अध्ययन केन्द्रका अध्यक्ष), राजदूत डा. हो यङ्ग आहन (उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका अध्यक्ष तथा संयुक्त राज्य अमेरिकाका लगि गणतन्त्र कोरियाका पूर्व राजदूत) डा. हुल्याओ वाङ्ग (चीन र भूमण्डलीकरण केन्द्रका संस्थापक तथा अध्यक्ष), डा. विलियम जे. पार्कर तृतीय (अमेरिकी राष्ट्रिय सुरक्षा परामर्शदाता र रूस, चीन, इरान र उत्तर कोरिया, आम विनाशकारी हतियार र समुद्री मुद्दाहरूमा केन्द्रित लेखक) रहेको फाउन्डेसनले जनाएको छ ।

फाउन्डेशनले उक्त भर्चुअल विश्व सम्मेलनमा सहभागी हुनका लागि विभिन्न एकेडेमी, मिडिया र सरकारी ओहदाका कर्मचारी समेतलाई आमन्त्रण गरेको छ । कार्यक्रममा सहभागीलाई प्रमाणपत्र समेत उपलब्ध गराउने उल्लेख गरेको छ । सम्मेलनमा निशुल्क रजिष्ट्रेसन गरी जुम लिंकमा सहभागि हुन र सहभागिताका लागि भरिने निशुल्क फाराममा आफ्नो पद र संस्थाको नाम भरेर दर्ता गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया