गाँउपालिका उपाध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता

बाजुरा । हिमाली गाँउपालिका उपाध्यक्ष चन्द्रकला बुढाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ । हिमाली गाँउपालिका– ६ का पुर्ण रोकायाले आफूमाथि गाँउमै ढुङ्गा प्रहार गरेर ज्यान मार्ने योजना बनाएको भन्दै मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरिक्षक एवं सूचना अधिकारी लोकेन्द्र सिंह ठगुन्नाले बताए ।

जिल्ला प्रहरी कार्यलय बाजुरामा उपाध्यक्षलगायत ५ पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको निरीक्षक ठगुन्नाले जानकारी दिए । चारजना आरोपितलाई प्रहरीले समातिसकेको छ भने उपाध्यक्ष बुढा भने फरार रहेको प्रहरीले जनाएको छ । उपाध्यक्षविरुद्ध मुद्दा दर्ता भएपछि उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पुर्ण रोकायाले हुलाकमार्फत जिल्ला प्रहरी कार्यलय बाजुरामा उजुरी दिएको प्रहरीको भनाइ छ । चारजना आरोपित अनिल मल्ल, चक्र मल्ल, समिर मल्ल र चिरिञ्जीवी मल्ललाई भने प्रहरीले प्रक्राउ गरेर अनुसन्धान प्रकृया थालिसकेको छ । उक्त मुद्दा सरकारी वकिलको कार्यलयमा पठाइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया