पाँचथरमा संकलित पीसिआर रीपोर्ट नेगेटिभ

पाँचथर । फिदिम मावि स्रोत केन्द्र र पाँचथर क्याम्पसको क्वारेन्टाइनमा गरिएको कोरोना पीसिआर रीपोर्ट नेगेटिभ आएको छ । गत शनिबार स्वाब संकलन गरीएको थियो ।

उक्त रिपोर्ट शुक्रबार नेगेटिभ आएको हो । उक्त क्वारेन्टाइनमा रहेका एक सय जनाको स्वाब संकलन गरिएको थियोे । गत आईतबार प्रदेश एकको प्रयोग शालामा पठाइएको स्वाब सबैको रिपोर्ट नेगेटिभ आएको रेडक्रस शाखा अधिकृत गुरुराज तिम्सिनाले बताए ।

यहाँ कोरोना संक्रमित बढेसँगै पाँचथर स्वास्थ्य कार्यालयले स्वाब संकलन गर्दैे लैजाने जनाएको छ । पाँचथरमा हालसम्म करीब १७ सय नागरीकको स्वाव टेष्ट गरीएको रेडक्रसले जनाएको छ ।

प्रतिक्रिया