चलचित्र बनाउँदै पूजना

काठमाडौं । अभिनेत्री पूजना स्त्रीले चलचित्र निर्माण गर्ने भएकी छन् । केही समय पहिले चलचित्र ‘चकलेट’ निर्माण गरेकी अभिनेत्री पूजनाले अहिले नयाँ चलचिaत्रको काम थालेकी छन् । सो चलचित्रको कथा लेखन सकिएको छ । अभिनेत्री पुजनाले केहीदिनमै चलचित्रका गीत रेकर्डिङ हुने र कलाकार छनोट गरिने जानकारी दिइन् ।

‘चकलेट’ पछि ठूलो पर्दामा नदेखिएकी पूजनाको पछिल्लो चलचित्र ‘नालापानी’ प्रदर्शनमा आएको छैन । एकताका बोल्ड सिन दिने अभिनेत्रीको रुपमा चिनिएकी थिइन् । पूजना अभिनीत श्रीमान् लगायत केही चलचित्रले राम्रो व्यापार गरेका थिए ।

प्रतिक्रिया