कामना बैंकका ग्राहकलाई उपाय सर्भिसेसमा विशेष छुट

काठमाडौं । कामना सेवाविकास बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेडबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई आवश्यक पर्ने विभिन्न सुविधा लिंदा विशेष छुट सहित सहुलियत दरमा सेवा दिने उपाय सर्भिसेज लिमिटेड सँग सम्झौता भएको भएको हो । उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र उपाय सर्भिसेस लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरे ।

उपाय सर्भिसेजले बैंकका कर्मचारीको विश्लेषणात्मक तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका तालिम र प्रशिक्षणहरु समेत दिने छ । यो सहमति अनुरूप कामना सेवा विकास बैंक लिमिटेडबाट कर्जा सम्बन्धी सेवा लिने ग्राहकले उपाय सर्भिसेज मार्फत विशेष छुट सहित सहज र छरितो रुपमा सेवालिन सक्नेछन् ।

उपाय सर्भिसेज लिमिटेड कानून, वित्तीय व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यावसायिक व्यक्तिहरु द्वारा सञ्चालित एक डिजिटल प्लेटफर्म हो । यस अन्तर्गत नयाँकम्पनीदर्ता, कम्पनीे खारेजी, लेखासँग सम्बन्धित सेवाहरु, ऋण आवेदन तथा नवीकरणका लागि आवश्यक कागजात र प्रक्रियाको सेवा, वार्षिक विवरण दाखिला, करसँग सम्बन्धित सेवा, मालपोत÷नापीकार्यालयबाट प्रदानगर्ने सेवालगायतका विविध सेवाहरु प्रदान गर्ने गर्दछ ।

प्रतिक्रिया