कान्तिपुरका वरिष्ठ पत्रकार बलराम बानियाँ मृत भेटिए

काठमाडौं । कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार बलराम बानियाँ मृत अवस्थामा मकवानपुर जिल्लामा भेटिएका छन् । गत साउन २६ गते ढुंगेअड्डा तीनथानबाट बेपत्ता भएका पत्रकार बानियाँको शव भिमफेदि गाउँपालिकास्थित सिस्नेरीको माण्डु हाइड्रोपावर नजिकै भेटिएको प्रहरीले जनाएको छ ।

तनहुँ स्थायी घर भएका पत्रकार बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा कार्यरत थिए भने केही समय नागरिक दैनिकमासमेत काम गरेका थिए । मृत अवस्थामा भेटिएका बानियाँका परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमा उनी बेपत्ता भएको जानकारी दिएका थिए ।

उनको बल्खुमा जुत्ता फेला परेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाका अनुसार पत्रकार बानियाँको शव हेटौँडा अस्पताल लगिएको छ । उक्त घटनाबारे महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया