विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरमा थप एक जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा उपचारको लागि ल्याएकोमा जाँच गर्दा मृत्यु भइसकेका ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा.चुमनलाल दासले बताए ।

विराटनगर–९ निवासी मृतक विगत एक हप्तादेखि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याबाट पीडितलाई विराटनगरकै एक निजी अस्पतालले आज पठाएका मृतकको शव व्यवस्थापनाको लागि आवश्यक प्रक्रिया सुरु गरिएको मेसु डा. दासले बताए । विराटनगरमा संक्रमणबाट आजसम्म तीन जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया